लामा दाजु भाइको जित

bibek thing1नेपाली युथ च्याम्पियन विवेक लामाले १३ औ दिल्ली ओपन बुद्धीचाल प्रतियोगितामा जितका साथ प्रतियोगिताको अन्त्य गरेका छन् । शुक्रबार सम्पन्न अन्तिम तथा १० औ चरणको खेलमा विवेक लामाले भि प्रनबनन्दसंगको खेलमा जित हात पारे । प्रतियोगितामा राम्रो प्रदर्शन गरेका विवकेले ६४ रेटिंग बढाए भने २२५३ को रेटिंग परफरमेन्स गरे प्रतियोगिताको चौथो चरणसम्म अपराजित रहेका विवेकको प्रदर्शन पाचौ चरण देखि खस्कीएको थियो ।
उनले कुल ५ अंक जोडे । उनले तीन जित हात पारे भने चारमा बराबरी गरे । तीन खेलमा उनी पराजित भए ।
यसैगरी अन्तिम चरणमा श्रीनाथ रावोलाई हराएका विवेका दाजु हिमाल लामाको पनि ५ अंक छ । उनले पनि ५० रेटिंग बढाएका छन् । अन्तिम चरणमा सुजेन्द्र श्रेष्ठ भने अरपिता मुखर्जीसंग पराजित हुदै ३.५ अंकमा सिमित भए । अन्तिम चरणमा वाकओभर पाए पछि गोबीन्द खड्काको पनि ३.५ अंक भएको छ ।
भारतको प्रतिष्ठित यस प्रतियोगितामा युक्रेनका आन्द्रेस बारेस पोलेट्स ८ अंक सहित पहिलो भए । समान अंक भएका रुषका इभान पोपोभ र इटालीका डेविड अल्बर्टो दोस्रो र तेस्रो भए ।

Comment