राई सम्मानित


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडीहरुले उसुका पूर्व खेलाडी राजकुमार राईलाई शुक्रबार सम्मान गरेको छ । राईलाई सशस्त्र प्रहरी बल (एपीएफ) को निरीक्षकमा नाम निकाल्न सफल भएकोमा सम्मान गरिएको हो । उनी एपीएफमै असईमा कार्यरत थिए ।
सोही अवसरमा डिएभीका उसु प्रशिक्षक शंकर भुजेललाई पनि गरियो । त्यस्तै एपीएफका एसएसपी कृष्णभक्त ब्रमहचार्यलाई उसु खेललाई विगतदेखि सहयोग गर्दै आएकोमा सम्मान गरियो । उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
त्यसै अवसरमा चीनको बेइजिङमा स्पोर्ट्स साइन्स अध्ययन गर्न जान लागेकी उसु खेलाडी करुणा महर्जनलाई बिदाइ गरिएको थियो । सातौं राष्ट्रिय खेलकुदकी रजत विजेता करुणा ५ वर्षको छात्रवृत्तिमा अध्ययन गर्न चीन जान लागेकी हुन् ।

Comment