एन्जेलो सम्मानित

Manoj Shiama
13 August, 2017 11:08 pm


कालिमाटीस्थित क्यामेलिया उमाविले मोनाकोका एन्जेलो स्पाटारोलाई आइतबार सम्मान गरेको छ । नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, क्यामेलियाका प्रिन्सिपल रुद्र अधिकारी, भाइस प्रिन्सिपल मोजराज भट्ट, करातेका प्रमुख प्रशिक्षक सोभितराज प्रसाईं, कराते प्रशिक्षक राजेन्द्र क्षेत्री, क्यामेलियाका कराते प्रशिक्षक सञ्जय रन्जितलगायतले करातेका पाँच पटकका विश्व च्याम्पियन एन्जेलोलाई सम्मान गरेका थिए ।