कल्याण शेरचन स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता माघ १८ देखि

पोखरा
चार दशकसम्म नेपाली लोकसंस्कृतिको फाँटमा सर्पित लोकस्रस्टा कल्याण शेरचनको स्मृतिमा गठित कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा आगामी माघ १८ देखि २४ गतेसम्म पोखरामा कल्याण शेरचन समृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ।
बगरस्थित पुरानो टुँडिखेल मैदानमा हुने प्रतियोगितामा विजेता टीमलाई नगद ६५ हजार पाँच सय ५० तथा उपविजेता टीमलाई नगद ३५ हजार पाँच सय ५०, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिए।शेरचनको निधन भएको दिन पारेर २४ गते समापन कार्यक्रम तथा सम्मान कार्यक्रम गरिने अध्यक्ष ह्योल्मोले जानकारी दिए।
करिब छ लाख ३५ हजार एक सय खर्च तथा १० लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको सो प्रतियोगितामा करिब ४० टीमको सहभागिता रहने प्रतियोगिता संयोजक डीबी नेपालीले जानकार दिए।
शर्मिला शेरचन प्रमुख संरक्षक तथा नरबहादुर शेरचन र चेतन कार्की संरक्षकमा रहेको प्रतिष्ठानले प्रतियोगिता सम्पन्न गर्न डीबी नेपाली संयोजक तथा प्रदीप गौचन उपसंयोजक रहेको  मूल आयोजक समिति र विभिन्न १२ वटा उपसमिति गठन गरेको छ।
जसअनुसार आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा प्रदीप गौचन र सदस्यमा खगेन्द्र गौचन, प्रचार–प्रसार उपसमितिको संयोजकमा प्रेमनारायण न्यौपाने र सदस्यमा दिननाथ बराल, साँस्कृतिक कार्यक्रम उपसमिति संयोजकमा तेज केसी तथा सदस्यमा इश्वरी राना र धर्मा गुरुङ, सम्मान तथा मायाको चिनो व्यवस्थापन उपसमितिको संयोजकमा ज्ञान थापा तथा सदस्यमा श्रीजंग गुरुङ, प्रदीप गौचन र डीबी नेपाली र मञ्च व्यवस्थापन संयोजकमा गजबहादुर गुरुङ, रहेका छन्।
यस्तै प्राविधिक उपसमितिको संयोजकमा खेमबहादुर गुरुङ तथा सदस्यमा विश्व तण्डुकार र आश्विनी अधिकारी, सुरक्षा उपसमिति संयोजकमा नारायणप्रसाद शर्मा र सदस्यमा योगेन्द्र शेरचन, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा खगेन्द्रप्रसाद गौचन र सदस्यमा देवेन्द्र केसी, स्वास्थ्य उपसमिति संयोजकमा अशोक शेरचन तथा सदस्यमा कमल गुरुङ र हेम गुरुङ, अनुशासन उपसमिति संयोजकमा मेनकाजी गुरुङ र सदस्यमा सिम गुरुङ तथा व्यक्तित्व छनौट उपसमिति संयोजकमा खेमबहादुर गुरुङ रहेका छन्।

Comment