राष्ट्रिय कराते माघपहिलो साता

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो जोरपाटीको आयोजना तथा बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा तेश्रो राष्ट्रिय खुला ल्होसार कराते प्रतियोगिता माघ पहिलो साता हुने भएको छ ।
जोरपाटीस्थित विद्या सागर इङलिस बोर्डिङ स्कुलमा दुई दिने प्रतियोगिता माघ ३ र ४ गते हुने आयोजकका प्रमुख ज्ञानबहादुर जिम्बाले जनाएका छन् । जम्मा २१ स्वर्णकालागि भिडन्त हुनेछ ।
कुमुतेतर्फ पुरुषमा १० र महिलामा ९ स्वर्णकालागि प्रतिस्पर्धा हुनेछ ।त्यस्तै पुरुष÷महिलाका्े एकल कातामा पनि खेल हुनेछ ।

Comment