साग तयारीका लागि कुस्ती

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि राष्ट्रव्यापी पुरुष कुस्ती छनोट प्रतियोगिता असार ३० र ३१ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने भएको छ । यसअघि उक्त प्रतियोगिता पोखरामा सोही मितिमा हुने भनिएकोमा प्राविधिक कारणले सातदोबाटोमा सार्नु परेको नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले जनाएका छन् । कुस्ती संघको आइतबारको बैठकले सो निर्णय गरेको हो ।

Comment