मार्सल आर्ट अर्गनाइजेसनलाई सहयोग

गत जेठ अन्तिम साता भएको प्रथम राष्ट्रव्यापी खुला जुनियर उसु प्रतियोगिताको आयोजक मार्सल आर्ट अर्गनाइजेसन, नेपाललाई शुक्रबार आर्थिक सहयोग उपलब्ध गराइएको छ ।  हाल अमेरिकामा रहेका उसुका पूर्व मुख्य प्रशिक्षक चन्द्र लामाको पहलमा संकलित १ लाख ११ हजार ७ सय रुपैयाँ अर्गनाइजेसनलाई हस्तान्तरण गरिएको हो । लामाले विभिन्न देशमा रहेका नेपालीहरुबाट सहयोग रकम जुटाएको बताइएको छ । पूर्व उसु खेलाडीद्वय बेल्जियममा बस्ने ममता केसी र जापान बस्ने लक्ष्मी शेरचनले अर्गनाइजेसनका अध्यक्ष राजिव महर्जनलाई सहयोग रकम हस्तान्तरण गरे ।

Comment