ताप्लेजुङ्ग र रौतहट फाइनलमा
Manoj Shiama
7 June, 2017 10:30 pm

अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले काठमाण्डौ महिला फुटबल टिमलाई ४–० गोलले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ११ औ र ८२ औ मिनेटमा, रेखा लिम्बूले औ ५९ मिनेटमा र अनिता बस्नेतले ७४ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै अर्को अर्को सेमिफाईनल खेलमा रौतहट महिला फुटबल टिमले मोरङ्ग महिला फुटबल टिमलाई ४–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । रौतहटका लागि अन्जली योन्जनले १४ मिनेटमा, रश्मि कुमारी घिसिङ्गले ५८ मिनेटमा, अनिता केसी ले ८८ औ मिनेटमा र निशा थोकरले ९० मिनेटमा गोल गरेका थिए ।