मध्यपुर विजयी
Manoj Shiama
27 May, 2017 6:51 am
मध्यपुर युथ एसोसिएसनले रियो एसईई फुटसल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । क्याम्पियन एकेडेमीद्वारा आयोजित प्रतियोगितामा मध्यपुरले केआईएलाई ४–१ गोलले पराजित ग¥यो ।
अन्य खेलमा वीरेन्द्र सैनिकले जेम्सलाई ६–४, एनिम्याक्स एफसीले बाग्मती युनाइटेडलाई ४–३, हात्तीवन फुटसलले सिक्टी नाइन एफसीलाई ३–२ तथा सेतीदेवीले नुवाकोट युनाइटेडलाई ३–२ ले हराए ।