काठमाडौं जिल्ला लिग फुटबल

Manoj Shiama
25 May, 2017 12:03 am

वाईल्ड स्पोर्टस् टिमले काठमाडौँमा जारी काठमाडौँ जिल्ला लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । काठमाडौंको सानोगौचरन मैदानमा बुधबार भएको दोस्रो खेलमा वाईल्ड स्पोर्टस् टिमले सानोगौचरन नाईट किङ्ग क्लबलाई ४÷१ गोल अन्तरले पराजित गरेको थियो ।
सानोगौचरनमा चुच्चेपाटि फुटबल कलब र चावहिल स्पोर्टस् क्लबबिच बुधबार नै भएको पहिलो खेल १÷१ गोलको बराबरीमा सम्पन्न भएको थियो ।