राजु र विनिताको विदाइ


२३ देखि २५ जुनमा थाइल्यान्डको फुकेटमा आयोजना हुने र्वल्ड एमच्योर एन्ड उनले फीटनेस मोडलमा सहभागिता जनाउन लागेका राजु मर्हजनलाई सोमबार द च्याम्पियन्स क्लबले विदाइ तथा शुभकामना प्रदान गरेको छ । राजुका साथमा उनकी धर्मपत्नी तथा ११ औ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता विनिता मर्हजन पनि थिइन् ।

राजुलाई द च्याम्पियन्स क्लबका प्रमुख रमेस मगर सहित राष्ट्रिय खेलाडीले शुभकामना दिए । सो अबसरमा उनले क्लबलाई २० हजार रुपैया आर्थीक सहयोग गरे । रकम उनले क्लबकी कोशाध्यक्ष निमा गुरुङ्गलाई हस्तान्तरण गरे ।
फीटनेस मोडलको तयारीको क्रममा राजु अस्ट्रेलियाबाट नेपाल आएका हुन् । उसुका दक्षिण एसियाली च्याम्पियनसीपका उपविजेता राजुले सिड्नीमा फीटेस मोडल सन्तोष कुमार श्रेष्ठसंग प्रशिक्षण लीएका थिए ।
नेपालमा उनले वल्र्ड बडी विल्डीङ्ग च्याम्पिया महेश मर्हजनसंग प्रशिक्षण लीइरहेका छन् । महेशसंग सेप फीटनेस एन्ड जिममा प्रशिक्षण लीएका हुन् । उनी उसुको बिश्व च्याम्पियनसीपमा सहभागि भइसकेका छन् । फीटनेसमा पहिलो पटक सहभागिता जनाएका राजुले आफूले कडा मिहेनत गरिरहेको महेशसंगको प्रशिक्षण महत्वपूर्ण हुने बिश्वास ब्यक्त गरेका छन् । उनी यसै बिहिबार अस्ट्रेलिया जादैछन् । उनी त्यहाँबाट थाइल्यान्ड जाने छन् ।

Comment