चेस मास्टर्समा रुपेसकोे फराकिलो अग्रता

rupesh
चेस मास्टर्स राउन्डरोबीन चेस प्रतियोगिताको पाचौ चरणको समाप्तीमा  चरणको समाप्तीमा गोल्डेनगेटका रुपेस जयसवालको अग्रता फराकिलो बनेकोे छ । पाच चरणमा उनको ४.५ अंक छ । चौथो चरणमा प्रचण्ड मालाकारलाई पराजित गरेका  रुपेसले पाचौ चरणमा  केशब श्रेष्ठलाई हराए ।  प्रतियोगितामा केशब सहित, जर्नादन श्रेष्ठ,मनीस हमाल,सजिन मर्हजन र बिलम लाल श्रेष्ठको ३ अंक छ ।
चौथो चरणमा विलमलालसंग बराबरी गरेका सजिनले पाचौ चरणमा जनार्दन श्रेष्ठलाई हराए । केशबले चौथो चरणमा रिजेन्द्र राज भण्डारीलाई हराएका थिए । यसैगरी जर्नादनले चौथो चरणमा नबीन तण्डुकारलाई हराएका थिए । चौथो चरणमा मदनसंग बराबरी गरेका मनीसले पाचौमा रिजेन्द्रलाई हराए । चौथो चरणमा विलम लाल श्रेष्ठ र सजिन मर्हजन विच बराबरी भयो भने पाचौमा विलमलालले प्रचण्ड मालाकारलाई हराए ।

Comment