प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगीता हुने

Manoj Shiama
21 March, 2017 4:55 pm

जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको विशेष सहयोगमा प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगीता २०७३ आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति काठमाडौंको आयोजनमा हुने प्रतियोगीतामा काठमाडौं जिल्ला भित्र रहेका दश नगरपालिकाहरुले सहभागीता जनाउनेछन ।
कागेश्वरी मनहरा नगरपालिका, शंकरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका गरी १० टिम विच नअकाउटका आधारमा हुने प्रतियोगीताका खेलहरु सानौगौचरण स्थित खेल मैदान सञ्चालन हुने प्रतियोगीता आयोजक समितिका अध्यक्ष एवम् जिखेविस अध्यक्ष धुव्रराज न्यौपानेले बताए ।
प्रतियोगीताको विजेता टिमले नगरकप ट्रफी सहित एक लाख एघार हजार एक सय एघार तथा दोस्रो हुने टिमले एकाउन्न हजार र तेस्रो हुने टिमले पच्चिस हजार प्राप्त गर्नेछन । प्रतियोगीतामा सर्वोत्कृट खेलाडीले दश हजार पाउनेछन भने सबै विधाका उत्कृष्ट खेलाडीले उपाधी सहित जनही पाँच हजार प्राप्त गर्ने प्रतियोगीता तयारी तथा व्यस्थापन समितिका संयोजक एवम् जिखेविस उपाध्यक्ष बद्रि भट्टराइले बताएका छन ।
भविष्यमा काठमाडौंको प्रतिष्ठित प्रतियोगीताको रुपमा यसलाई चिनाउने अभियानका साथ यस प्रतियोगीताको सुरुवात गरिएको संयोजक भट्टराईले बताए । प्रतियोगीतामा सहभागी हुने नगरपालिकाले आफ्नो नगरभित्रको खेलाडीलाई मात्र समावेश गराउन सक्ने आयोजकले बताएको छ । प्रतियोगीता आगामी २४ देखी ३१ सम्म सञ्चालन हुने छ ।