सिन्धुपालचोकका खेलाडीबाट अझ धेरै आशा ःदेउजा


सिन्धुपालचोक जिल्ला खेलकुद विकास समितीले पूर्व घोषणा गरे अनुसार सातौ राष्ट्रिय खेलकुदमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ । सम्मानसंगै जिल्ला खेलकुद विकास समितीका अध्यक्ष शिब देउजाले यहाँका खेलाडीलाई दिइएको रकमको मात्रा सानो भए पनि सिन्धुपालचोकका खेलकर्मीको भावनात्मक साइनोलाई एकीकृत गर्न सहयोग पुग्ने बताए । उनले भबीश्यमा सिन्धुपालचोकका खेलाडीले अझ उन्नती गर्ने बिश्वास ब्यक्त गरे । राष्ट्रपती रनिङ्ग शिल्डको उद्घाटनको अबसरमा सम्मान कार्यक्रम आयोजना भएको हो । प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले पुरस्कार प्रदान गरे । कार्यक्रममा प्रमुख जिल्ला अधीकारी अन्तर बहादुर सिलवाल विशेष अतिथी थिए ।
सातौ राष्ट्रिय खेलकुदमा सिन्धुपालचोककी सबिना श्रेष्ठले फुलकन्ट्याक्टमा र इन्द« बहादुर श्रेष्ठले जुडोमा स्वर्ण जितेका थिए । उसुकी जुनु स्याङ्गबोले रजत तथा फुलकन्ट्याक्टका रबिन नेपालले काश्य जितेका थिए । इन्द« भने परिक्षाको कारण कार्यक्रममा उपश्थित थिएनन् । सिन्धुपालचोक जिल्ला खेलकुद विकास समितीले जिल्ला तहमै सिन्धुपालचोक जिल्लाबाट सहभागिता जनाउने खेलाडीले राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।
दुइ दिने राष्ट्रपती रनिङ्ग शिल्डमा बालसुधार माध्यमिक विद्यालयले १०६ अंक सहित बालसुधार माध्यमिक विद्यालयले पहिलो,९६ अंक सहित राजेश्वरी माबी दोश्रो,७९ अंक सहित श्रीकृष्णा रत्नगंगा माबी तेश्रो भयो । प्रतियोगितामा फुटबल,तेक्वान्दो, कराते, उसु र एथलेटिक्स समाबेश गरिएको थियो ।

Comment