फुटबलको रेफ्रि कोर्ष
Manoj Shiama
8 March, 2017 10:10 pm
सुर्खेत अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना एवं सुर्खेत जिल्ला फुटबल संघको समन्वयमा (बुधबार) देखि वीरेन्द्रनगरमा एन्फा रेफ्री कोर्स सुरु भएको छ । २९ फागुनसम्म चल्ने प्रशिक्षणमा विभिन्न ७ जिल्लाका गरी ३५ जना सहभागी छन् । प्रशिक्षणको उद्घाटन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरले विकेन्द्रीकरणको सिद्धान्त अनुसार एन्फाले आफ्ना कार्यक्रमहरुलाई जिल्ला जिल्लासम्म र्पुयाउन थालेको बताए। उनले यसकै उदाहरणको रुपमा रेफ्री कोर्स रहेको बताए । खेलाडी उत्पादनलाई मात्रै नभई फुटबलसँग सम्बन्धित दक्ष प्राविधिक जनशक्ति उत्पादनलाई पनि प्राथमिकता दिइने कुँवरको भनाइ छ। पाँचवटै विकास क्षेत्रमा रेफ्री कोर्ससँगै अब प्रशिक्षक प्रशिक्षण तालिम पनि आयोजना गरिने वरिष्ठ उपाध्यक्ष कँवरले बताए ।