संजय पण्डितलाई सरकारको सम्मान

Manoj Shiama
29 December, 2014 10:51 pm

samman patra
नेपाली लामो दूरीका अल्ट्रा म्याराथुन धावक एवं कृतिमानी पर्वतारोही संजय पण्डितलाई आज सिंहदरवार स्थित खेलकुद मन्त्रालयमा नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ । उनले गत महिना अष्ट्रेलियाको सर्वोच्च शिखर माउण्ट कोजियस्को उल्टो हिडेर विश्व र्कीतिमान कायम गरेका थिए । सम्मान पत्र तथा ३ लाख रुपियाको चेक हस्तान्तरण गरिएको थियो । धावक पण्डितले अल्ट्रा साहसीक दौडको माध्यमबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर माउण्टेन भनेर चिनिने मनासुलु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, यूरोपको सर्वोच्च शिखर एलब्रुश, तथा अष्ट्रिेलियाको उच्च शिखर कोजियस्कोको सफल आरोहण सम्पन्न गरिसकेका छन् । उनले किलिमान्जारोमा दक्षिण एशियाली तीव्र गतीका धावक आरोहीका रुपमा, युरोपको सर्वोच्च शिखर एलब्रुशमा अर्धनाग्गिएर ६ मिनेट ३ सेकेण्ड अन्तराष्ट्रिय कृतिमान तथा अस्टे«लियाको कोजियस्को शिखरमा उल्टो हिडेर कृतिमान रचिसकेका छन् । उनी सातै महादेशका साथै उच्च शिखर आरोहण गर्ने शिलशिलामा रहेका छन् ।