लेकसाइड र गौरीघाट एफसीं विटी कपको फाइनलमा

Manoj Shiama
24 December, 2014 10:51 pm


पोखरा
लेकसाइड एफसी र एएमपिएम गौरीघाट एफसी पोखरामा जारी नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
बुद्धटोल युवा क्लब पोखराको आयोजनामा पुरानो टुँडिखेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लेकसाइड एफसीले नयाँगल्ली युनाइटेडलाई १० ले पराजित गयो। खेलको पहिलो हाफमा शिव श्रेष्ठले गरेको एकमात्र गोल नै लेकसाइडको लागि उपाधिको बलियो दाबेदार बन्यो।
सो खेलमा विपक्षी टीमका थुप्रै प्रहार असफल पारेका लेसाइडका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ दी म्याच बने। लेकसाइडबाट लिग च्याम्पियन मनाङमस्र्याङ्दी क्लबका गोलकिपर विशाल श्रेष्ठ, शिव श्रेष्ठ, रुपेश केसी, अनिल ओझा, विमल घर्तीमगरलगायतका खेलाडी सहभागी छन्।
दोस्रो खेलमा एएमपिएम गौरीघाट एफसीले यु–१७ नाउडाँडा एफसीलाई ४–१ ले हरायो। गौरीघाटको लागि अनिल गुरुङ, समीर रायमाझी, डिमोक मोक्तान र सञ्जय बुढाथोकीले एक–एक गोल गरेका थिए। सो खेलमा गौरीघाटका कालु थापा म्यान अफ दी मयाच घोषित भए।गौरीघाटको तर्फबाट मनाङकै कालु थापा, यु–१६ का अनिल गुरुङ, सुनिल सुवेदीलगायत सहभागी छन्।
बिहीबार अपरान्ह १२ बजे लेकसाइड एफसी र एएमपिएम गौरीघाट एफसीबीच फाइनल खेल हुने राजु गुरुङले जानकारी दिए।
३५ टीमको सहभागिता रहेको प्रतियोगितामा विजेता टीमलाई नगद ७५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ४५ हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक प्रदीपकुमार राई ‘दाह्रासिंह’ ले जानकारी दिए।