लपु खेलाडी संघमा मुकुन्द्र


राष्ट्रिय कराते खेलाडी मुकुन्द्र महर्जनको अध्यक्षतामा ललितपुर जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ पुनर्गठन गरिएको छ । पुनर्गठित ११ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा माया लामा, सचिवमा ज्याकी महर्जन तथा कोषाध्यक्षमा पुरुषोत्तम वज्राचार्य रहेका छन् । सदस्यमा निमेश श्रेष्ठ, मनीषा रानाभाट, साजनकृष्ण ताम्राकार, राजन जोशी, आशिष महर्जन, सदीना श्रेष्ठ र सीमा खड्का छन् ।

Comment