हिसान खेलकुद सप्ताह अन्तरगत फुटबल सुरु

हिसान खेलकुद सप्ताह अन्तरगत भएको फुटसल प्रतियोगिताको खेलमा वेलर कलेजले हिमालय विद्या मन्दिरलाई ३–०, के.एम.सिले एन्जलहर्टलाई ३–०, लिटिल एञ्जल्सले मनकामना उमाविलाई १ –०, नासाले हिमालयलाई ४–१, हिमालयन ह्वाईटहाउसले नेपाल मेगालाई २–०, साईपालले मोर्डनलाई ६–२ गोल अन्तरले हरायो । अर्को खेलमा गोल्डेनगेट कलेज र टाईम्स कलेजले १—१ गोल वरावरीमा खेलेका छन् भने मोर्गन कलेज विजयी भएको छ । आजै भएको छात्रा तर्फको खेलमा पेन्टागनले सि.सि.आर.सिलाई ४–१ गोलले हराएको छ । त्यस्तै अर्को खेलमा टाईम्स कलेज र गोल्डेनगेट कलेज विजयी भएका छन ।
हिसान खेलकुद सप्ताह अन्र्तगत नै भएको छात्रा तर्फको बास्केटबलमा नासा कलेजले सफलता पाएको छ । नासाले हेराल्ड कलेजलाई ४१–१० ले पराजित ग¥यो । नासाकी अनिषा बस्नेतले २० स्कोर गरिन् । त्यस्तै आज भएको छात्र तर्फको खेलमा जेभिएर ई कलेजले टाईम्स कलेजलाई ६९–६२, हेराल्ड कलेजले ह्वाईटफिल्ड कलेजलाई ३५–११, एन्जलहर्ट कलेजले मोर्डन कलेजलाई ५८–७ , सि.सि.आर.सिले प्रिमियर कलेजलाई ५५–९ ले हराए । भने आजै भएको खेलमा नासा कलेजले सफलता प्राप्त ग¥यो ।
भलिवलमा मनकामना कलेजले ग्लेसीयर कलेजलाई १७–२५, २५–१६ र २८–२५, नबोदितले मेघालाई २५–९ र २५–१३, प्रिमियर कलेजले सि.सि.आर.सिलाई २५–१९ र २५–१८, हिमालय कलेजले मनकामना कलेजलाई १४–२५, २५–२२ र २५–२० तथा प्रिसियस कलेजले ऋत कलेजलाई २४–२६, २५–१० र २५–१८ को सेटमा हराएको छ । भने आजै भएको खेलमा हिमालय कलेजले सफलता प्राप्त गरे । खेलकुद सप्ताह अन्तर्गत मंगलबारदेखि सुरु भएको बुद्धिचाल प्रतियोगिता आज पनि जारी छ । हिसान खेलकुद सप्ताह अन्र्तगत बास्केटवल, फुटसल, भलिवल, चेस, संचालन भईरहेका छन् भने क्रिकेट, टि.टि., ब्याडमिन्टन तथा कविता र बक्तित्वकला प्रतियोगिता संचालन हुदैछन् ।

Comment