नवयुग र भरतको गोलमा आर्मीको जित
Manoj Shiama
23 January, 2017 8:20 pm
नेपाल आर्मी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेशको क्रममा आर्मीले सोमबार भएको खेलमा झापा ११ लाई २–० ले पराजित ग¥यो । ४७ औ मिनेटमा नवयुग श्रेष्ठको गोलमा अग्रता लीएको आर्मीका लागि ७० औ मिनेटमा भरत खवासले गोल गरे ।