मध्यमाञ्चलका कविरस फाइनलमा


मध्यमाञ्चलका कविरस शर्मा पुरुष ९१ केजी तौलसमुहमा झापाको मेचि रंगशालामा जारी सातौँ राष्ट्रिय खेलकुद अन्तर्गतको बक्सिङमा फाइनलमा प्रवेश गरेका छन् । कविरसले सेमिफाइनलमा पुर्वाञ्चलका इसाक जनक शाहीलाई हराउदै फाइनलको यात्रा तय गरे । निर्धारित तीन राउन्डको खेलमा बराबरी भएपछि कविरसले फाइटिङ स्पीरिटको आधारमा जित दर्ता गरे । सोही तौलसमुहमा आर्मीका श्याम खड्काले सुदुरपश्चिमाञ्चलका सुदुरपश्चिमाञ्चलका दिपेन्द्र भण्डारीलाई टेक्निकल नकआउटको आधारमा हराउदै कविरससँगको भेट पक्का गरे ।
पुरुषको ६४ केजीतौल समुहमा आर्मीका दिपक श्रेष्ठले मध्यमाञ्चलका अनुज भण्डारीलाई र पुलिसका भुपेन्द्र थापाले पुर्वाञ्चलका प्रकास लिम्बुलाई स्कोरको आधारमा हराउदै फाइनलमा प्रवेश गरेका छन् । ६९केजी तौलसमुहमा आर्मीका विष्णु प्रसाद घलले सुदुरपश्चिमाञ्चलका लक्ष्मण थापा मगरलाई टेक्निकल नकआउटका आधारमा र एपीएफका विकेस लामाले पश्चिमाञ्चलका यादव थापालाई स्कोरको आधारमा हराउदै फाइनलमा प्रवेश गरेका छन् । पुरुषको ७५केजीतौल समुहमा आर्मीका दिपेस लामाले सुदुरपश्चिमका कमल थापालाई तथा मध्यमाञ्चलका दिवस भुमिले पश्चिमाञ्चलका नरेश थापालाई स्कोरका आधारमा पराजित गर्दै स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
पुरुषकै ८१ केजी तौलसमुहमा मध्यमाञ्चलका मनोहर बस्नेतले एपीएफका कुसल जंग थापालाई स्कोर र आर्मीका महेन्द्र केसीले पुर्वाञ्चलका प्रेम गुरुङलाई नेक्निकल नकआउटका आधारमा हराउदै फाइनलमा पुगेका छन् । ९१ केजीमाथी तौलमा आर्मीका आषिस दुवाडीले पश्चिमाञ्चलका ओम गुरुङलाई र मध्यमाञ्चलका मेघ ड्यानिएल लामाले पुर्वाञ्चलका दिनेश अधिकारीलाई हराउदै फाइनलमा स्थान बनाएका छन् ।
चन्द्रगढिस्थीत मेचि रंगशालामा भएको महिलातर्फको ५४–५७ केजी तौलसमुहमा आर्मीकी निरु गुरुङले पुर्वाञ्चलकी दिया लिम्बुलाई र एपीएफकी माया चौधरीले पश्चिमाञ्चलकी सिसम थापा मगरलाई स्कोरको आधारमा तथा ५७–६०केजीतौलमा एपीएफकी सरस्वती राना मगरले पुर्वाञ्चलकी विमला कुमारी दनुवारलाई र आर्मीकी सोनम रोक्काले एपीएफकी सृजना थोकरलाई स्कोरको आधारमा पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ६०–६४ केजी तौलमा एपीएफकी विनीता थापा मगरले मध्यपश्चिमकी अस्मीता चन्दलाई र आर्मीकी पुनम रावलले पुर्वाञ्चलकी पिन्कु दासलाई हराउदै फाइनलमा स्थान बनाइन् । ६४–६९ केजी तौलसमुहमा एपीएफकी सगिंता सुनुवारले आर्मीकी चन्द्रकला थापालाई तथा ६९–७५ केजी तौलसमुहमा आर्मीकी सिलु डंगोलले एपीएफकी मनिता राईलाई स्कोरको आधारमा हराउदै स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

Comment