मुकेशले स्वर्ण जिते

सातौ राष्ट्रिय खेलकुद अन्तरगत नेपाली सेनाको पुरुष तथा महिला तर्फको रिकर्भ ओपन ईन्डिभिजुअलमा नेपाली सेनाले स्वर्ण हात पारेको छ । पुरुष तर्फ सेनाका मुकेश तामाङ्गले स्वर्ण प्राप्त गरे । हिमालय आर्चरी क्लब ललितपुरका प्रेम प्रसाद पुनले रजत र कास्की जिल्ला आर्चरी संघका रोशन थापामगरले कास्य पाए ।
सोही स्पर्धाको महिला तर्फ सेनाकी ज्ञानु अवालेले स्वर्ण र कृष्णमाया स्याङ्गतानले रजत पाए । तेश्रो स्थानमा मकवानपुर आर्चरीकी सुनिता मोक्तानले कास्य पाईन् ।
पुरुषको रिकर्भ टिममा कास्की जिल्ला आर्चरी संघले स्वर्ण, हिमालयन आर्चरी क्लब ललितपुरले रजत र नेपाली सेनाको टिमले कास्य पायो ।
स्टान्डर्ड रिकर्भ ईन्डिभिजुअल तर्फ कास्कीका प्रेम थापाले स्वर्ण प्राप्त गर्दा आकाश थापा मगरले रजत पाए । तेश्रो स्थानमा स्वयंभु आर्चरीका कर्मा वाङ्गचुक गुरुङ्गले कास्यमा चित्त बुझाए ।
सोहि स्पर्धाको महिला तर्फ कास्कीकी रोजिना थापामगरले स्वर्ण हात पारिन् । सेनाकी पुजा थापाले रजत र कंचनपुर आर्चरीकी लक्ष्मी थापाले कास्य पाईन् ।
स्टान्डर्ड पुरुष टिम तर्फ स्वयंभु आर्चरी क्ल्ब काठमाण्डौ पहिलो, अन्नपूर्ण आर्चरी क्लब कास्की दोश्रो र कास्की जिल्ला आर्चरी संघ तेश्रो भए ।

Comment