दिनेस फाइनलमा प्रबेश


मध्यमाञ्चलका सुसिल थापा र आर्मीका सुभास विक पुरुष ४९ केजी तौलसमुहमा फाइनलमा प्रवेश गरेका छन् । सोमबार झापाको मेचि रंगशालामा भएको सेमिफाइनल खेलमा सुसिलले मध्यपश्चिमाञ्चलका चन्द्र थापालाई तथा सुवासले एपीएफका आसु तामाङलाई अंकको आधारमा हराउदै स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसैगरी ५२ केजी तौलसमुहमा आर्मीका प्रेम चौधरी र एपीएफका विक्रम परियार फाइनलमा प्रवेश गरे । पुरुष ५६ केजी तौलसमुहमा आर्मीका विमल रोका र एपीएफका पुरन राई स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन ।
त्यस्तै पुरुष ६० केजीमा प्रहरीका दिनेश श्रेष्ठ र एपीएफका दिनेश चन्दविच फाइनलमा भेट पक्का भएको छ । महिलातर्फको ४८केजी तौलसमुहमा आर्मीकी ललिता महर्जन र प्रहरीकी दिवाना शेर्मा फाइनलमा प्रवेश गरेका छन् । महिलाको ५१ केजी तौलसमुहमा एपीएफकी माला राई र आर्मीकी गीता थापा मगरले फाइनलको यात्रा तय गरे । महिलाकै ५४ केजीमा आर्मीकी विमला श्रेष्ठ र एपीएफकी प्रमिला पाण्डेले स्वर्णका लागि एक अर्काविच चुनौती प्रस्तुत गर्नेछिन ।

Comment