कास्की आर्चरीका राजेशलाई स्वर्ण

कास्की आर्चरी संघका राजेश राना सातौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।पुरुषको ५० मिटर कम्पाउन्ड ईन्डिभिजुअल तर्फ राजेसले संघका राजेशले १४२ अंकका साथ स्वर्ण प्राप्त गरेका हुन् । उनलाई पछ्याईरहेका कास्कीकै जाग्रित गुरुङ्गले १४१ अंकका साथ रजतमा चित्त बुझाए । तेश्रो स्थानमा किशोर कुमार गुरुङ्ग रहे । उनले १३४ अंकका साथ कास्य प्राप्त गरे ।उदयपुरमा जारी आर्चरी खेलको पुरुष रिकर्भ स्टान्डर्डमा कास्की आर्चरी संघका प्रेम थापामगर र आकाश थापा मगरले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै सो स्पर्धामा स्वयंभुका राम वाङ्गचुक गुरुङ्ग र आर्मीका खुम बहादुर कुमालले तेश्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला रिकर्भ स्टान्डर्ड तर्फको खेलमा कास्कीका रोजिना थापा मगरले स्वर्ण पदकका लागि सेनाको आर्मी क्लबकी पुजा थापाको सामना गर्ने भएकी छिन् । तेश्रो स्थानका लागि सेनाकी मित्र राई र कञ्चलपुर आर्चरी क्लबकी लक्ष्मी थापाको भिडन्त हुनेछ ।
स्टान्डर्ड मिक्स तर्फ कास्की आर्चरी संघका प्रेम थापा र रोजिना थापा मगर फाइनलमा प्रवेश गरेका छन् । थापाको जोडीले सेनाका खुम बहादुर कुमाल र मित्र राईको जोडी संग स्वर्णको लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै यस विधामा कास्कीका गिर बहादुर गुरुङ्ग र अर्चना थापामगरको जोडीले कञ्चनपुरका रोशन थापा र लक्ष्मी थापासंग कास्यका लागि भिड्ने छन् ।
रिकर्भ पुरुष स्टान्डर्ड टिम तर्फ अन्नपूर्ण आर्चरी क्लब कास्की र स्वयंभु आर्चरी क्लब काठमाण्डौं फाइनलमा प्रवेश गरेका छन् । यस्तै आर्मी र कास्की आर्चरी संघकाविच तृतीय स्थानका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी गराएका छन् ।

Comment