झापामा बक्सीङ सुरु


सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ । राष्टिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले बक्सिङ्गको खेल सामाग्री हस्तान्तर गरी खेलको शुभआरम्भ गरे । ४८ केजी तौलतर्फ मध्यपश्चिमका चन्द थापा, नेपाली सेनाका सुभाष विक र एपीएफका अस तामाङ्गले विजय हात पारे । ५२ केजी तौलतर्फ मध्यमाञ्चलका प्रदिप महर्जन, एपीएफका विक्रम परियार र मध्यपश्चिमका प्रेम चौधरीले सुरुवाती विजय हात पारे। त्यस्तै ५६ केजी तौल तर्फ नेपाली सेनाका विमल रोक्का, पुर्वाञ्चलका राकेश राई मध्यमाञ्चलका गणेश थापा र एपीएफका पुरन राईले सुरुवाती विजय हात पारे लिएको नेपाल बक्सिङ्ग संघका केन्द्रिय उपाध्यक्ष भोजराज सिटौलाले जानकारी दिए । क्वाटरफाइनलमा जित हात पार्ने खेलाडीहरु सेमीफाइलमा प्रवेश गरेको सिटौलाले जानकारी दिए ।

Comment