पश्चिमाञ्चलको महिला फुटबल पूर्वाअञ्चल प्रस्थान

Manoj Shiama
15 December, 2016 9:22 pm

पूर्वाअञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला फुटबलमा सहभागी हुने पश्चिमाञ्चलको टिम विराटनगर प्रस्थान गरेको छ । प्रतियोगिताको औपचारीक उद्घाटन पुस सात गते हुने भनिएपनि महिला फुटबल पुस २ गतेबाट संचालन हुने भएकाले पश्चिमाञ्चलको टिम त्यस तर्फ प्रस्थान गरेको हो । महिला फुटबल खेलाडीलाई विहिबार पोखराबाट विदाई गरिएको छ ।
खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र उपाध्यक्ष सुनिल गुरुङले अबिर तथा जर्सी प्रदान गरेर विदाई गरे । विदाई कार्यक्रममा बौल्दै अध्यक्ष पौडेलले पश्चिमाञ्चलको टिम राम्रो र शसक्त रहेको बताउदै आत्मविश्वासक साथ खेल्न खेलाडीलाई आग्रह गरे । ‘खेलाडीहरुले अव पश्चिमाञ्चललाई कसरी जिताउने भन्ने बाहेक अन्य चिन्ता लिनुपदैन्, ब्यवस्थापनमा हामी कुनै कमी हुन दिनेछैनौ ।’ अध्यक्ष पौडेलले प्रतियोगितामा स्वर्णपदक जित्ने खेलाडीहरुलाई खेलेर बाँच्ने आधार सृजना गर्न समिति तयार रहेको भन्दै अन्य क्षेत्र भन्दा ससक्त टिमका रुपमा पश्चिमाञ्चल रहने दावी गदै विजयी भएर पश्चिमाञ्चलको विगतको साखलाई जोगाएर फर्कन आग्रह गरे ।
पश्चिमाञ्चलको टिम नवलपरासीकी विमला वि.कको कप्तानीमा मैदान उत्रनेछ भने शुभेक्षा थापा,चेतमाया जि.सी,सोनु नेपाली, सिरस्मा थापा, बेलमाया थापा, इन्द्रा सेन, संगीता पुन, पुष्पा थापा(क),पुष्पा थापा(ख),रिया बानु, रेणुका हमाल, हिना राणा, स्मृति गुरुङ, शान्ता नेपाली, शोभा पंगेनी, अस्मिता राणापाल, सविना भरराई, उदय थापा र सुनिता वि.क ले पश्चिमाञ्चलको जर्सीमा प्रतियोगिता खेल्ने छन् । प्रशिक्षकमा उपेन्द्मान सिंह र शम्भु केसी तथा ब्यवस्थापकमा पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका कोषाध्यक्ष बसन्त जिआर रहेका छन् ।