सेन्ट जेभियर्स जावाखेललाई उपाधि

Manoj Shiama
14 December, 2016 9:44 am


सेन्ट जेभियर्स स्कुल, जावलाखेलले २१ औं फादर मोरन स्मृति अन्तरविद्यालय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
सेन्ट जेभियर्सले फाइनलमा नेपाल डनबस्को स्कुललाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि निशान्त थापा मगर र स्पर्शजंग पाण्डेले १–१ गोल गरे । डनबस्कोका माइकल तामाङले सान्त्वना गोल फर्काए । आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरीको रातो टिमले क्रेसेन्ट एकेडेमीलाई २–१ ले हराउदै तेश्रो भयो ।
डनबस्कोका माइकल तामाङ उत्कृष्ट खेलाडी, विद्या संस्कारका उमिद रायमाझी उत्कृष्ट गोलरक्षक, सेन्ट जेभियर्स, गोदावरी रातोका सुमित थापा उत्कृष्ट डिफेन्डर, सेन्ट जेभियर्स, गोदावरी रातोकै थोमस तामाङ मोस्ट प्रोमिसिङ प्लेयर तथा उपाधि विजेता सेन्ट जेभियर्सका ओमकृष्णा श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए ।
प्रतियोगिताभर १३ गोल गरेका उपाधि विजेताका निशान्त थापा मगर सर्वाधिक गोलकर्ता बने । मंसिर १८ गतेदेखि सुरु प्रतियोगितामा १२ टिम सहभागी थिए ।