पश्चिमाञ्चलबाट भारोत्तोलन खेलाडी छनोट

पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागी पश्चिमाञ्चलबाट भारोत्तोलनका खेलाडी छनोट भएका छन् । कास्कीका भोजबहादुर वि.क ६६ केजी तौल समुहमा छनोट भएका छन् भने ६२ केजी तौल समुहमा धनबहादुर झाक्री मगर र ५६ केजी तौल समुहमा पुष्कल थापा छनोट भएको पश्चिमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता सचिवालय कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

Comment