सोवुकान अध्यक्षमा उत्तम कुमार खड्का

नेपाल सितोरियो सोवुकान कराते डो संघको अध्यक्षमा उत्तम कुमार खड्का निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारण सभा तथा निर्वाचनले खड्काको नेतृत्वमा १७ सदस्यिय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको उपाध्यक्ष द्वयमा यादव काफ्ले र ई. ज्ञानेन्द्र कुमार झा चयन भएका छन् । यस्तै महासचिवमा ध्वजमान मोक्तान, सचिवमा रमेश खत्री र कोषाध्यक्षमा श्याम मदन के.सी. निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सौरभराज कठायत, मोहन चौ प्रधान, शेखर कँडेल, रित बहादुर श्रेष्ठ, धर्मराज श्रेष्ठ, सनिरा श्रेष्ठ, सभ्रात महर्जन, हरिकृष्ण श्रेष्ठ, संजीव अधिकारी, लिल थोकर र शारदाकुमारी उप्रती रहेका छन् ।
निर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य मनबाहादुर न्यौपानेले प्रमाण पत्र वितरण गरेका थिए । राखेप संघ संस्था प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेम बहादुर बस्नेतले निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
यस्तै आजै बसेको कार्य समितिको प्रथम बैठकले कार्य समितिमा निवर्तमान अध्यक्ष राजेश भक्त श्रेष्ठलाई बरिष्ठ सल्लाहकार, मनबहादुर न्यौपाने र सरल समशेर राणालाई सल्लाहकारमा नियुक्त गरेको छ । यस्तै उपाध्यक्षमा भावना खड्का र सदस्य द्वयामा प्रमुख प्रशिक्षक संघ रत्न महर्जन र सहायक प्रशिक्षक सजन श्रेष्ठलाई चयन गरेको छ ।

Comment