पण्डितलाई आईएमईको सम्मान

sanjaya-sammane
अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोहीसंजय पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत विक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा आइतबार एक लाख रुपैया सहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष श्रीचन्द्र प्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृतसुमन पोखेरेलको उपस्थिती रहेको थियो ।
सम्मान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै अध्यक्ष ढकालले पण्डित सहासी व्यक्तित्व भएकाले हामी सबैले उनको नेपाललाई विश्वमा चिनाउने अभियानलाई सक्दो सहयोग गर्नुपर्ने बताउदै आगामी अभियानको लागिथप सफलताको पनि कामना गरे । पण्डित सर्वोच्च शिखर सगरमाथा,आठौ ठूलो पर्वत मनास्लु ,युरोपको सर्वोच्चशिखर एलब्रस, जापानतथा अमेरिकी सर्वोच्च शिखरको सफलआरोहण गरी सकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथा सहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगो अंकित झण्डा फहराउन सफलभएका छन् । पण्डित एन्ट्राटिकाको सर्वोच्चशिखर आरोहणको सिलसिलामा रहेका छन् ।

Comment