संजयलाई द रिभर कम्पनीको सम्मान

Manoj Shiama
14 November, 2016 7:27 pm

sanjaya3e
अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको नेपाली दौरा सुरुवाल ढाका टोपी लगाई आरोहण अवधीभर उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही तथा धावक संजय पण्डितलाई सोमबार द रिभर अफ कम्पनिद्धारा रु. एक लाख पचास हजारद्धारा सम्मान गरेको छ । समाजसेवी युवा व्यवसायी एवं कम्पनिका अध्यक्ष रघु पुरीद्वारा सम्मान पत्र एवं उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । पुरी पुर्वाञ्चल क्षेत्रका चर्चित फुटबल खेलाडी थिए । कार्यक्रममा पुरीले संजय जस्ता देशको झण्डा र नाम संसारभर फैलाउने साहसिक व्यक्तिलाई सदैव साथ दिने बताए। पण्डित विश्वकाृ सर्वोच्च शिखर सगरमाथा प्राण घातकको रुपमा चिनिएको आठौ ठूलो पर्वत मनास्लु युरोपको सर्वोच्च शिखर एलब्रस जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । उनी नेपालका उल्टो हिँडेर हिमाल आरोहण गर्ने प्रथम विश्व पर्वतारोही हुन् । पण्डितले एलब्रस हिमालमा ६ मिनेट ३ सेकेण्ड अर्ध नाङ्गिएका थिए भने जापान तथा द्िरक्षण अमेरिकी हिमालमा दौरा सुरुवाल भात गाँउले टोपी प्रदर्शन गरेका थिए । पण्डित एन्ट्राटिकाको सर्वोच्च शिखर आरोहणको सिलसिलामा रहेका छन् ।