बक्सिङ टोली रुसतर्फ

boxinge
रुसको सेन्टपिटरवलमा हुने आइवा युथ वल्र्ड च्याम्पियनशिपमा भाग लिन जाने खेलाडीलाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले बिदाई गरेका छन् । नोभेम्बर १४ देखि २७ तारिखसम्म संचालन हुने प्रतियोगिताका लागि ५२ केजी तौल समूहमा सन्तोष राई र ६० केजी तौल समूहमा पवन भट्राई प्रतिस्पर्धा गदैछन् । त्यस्तै प्रशिक्षकका रुपमा बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र किरण थापा पनि त्यसतर्फ जादैछन् । युवा तथा खेलकुद मन्त्रालयमा भएको बिदाई कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,उपाध्यक्ष अर्जुन केसी लगायतले खेलाडीलाई शुभकामना दिएका थिए । नेपाली टोली आइतबार नै त्यसतर्फ जाने कार्यक्रम छ ।

Comment