बृद्धालाई मार्सल आर्टको सहयोग

rajibe
मार्सल आर्ट नेपालले मातातीर्थ बृद्धाश्रम समितिमा आश्रित बृद्धाहरुलाई जाँडोयाममा प्रयोग गर्ने सामाग्री शनिबार प्रदान गरेको छ ।
समितिमा आश्रित २३ जनालाई सामाग्री प्रदान गरिएको हो । प्रदान गरिएका सामाग्रीमा कम्बल, सल, मोजा र पञ्जा रहेका छन् । ७ बोरा चामल पनि प्रदान गरिएको थियो । करिब १ लाख ५० हजार मुल्य बराबरको सामाग्री प्रदान गरिएको मार्सल आर्ट नेपालका अध्यक्ष एवं पूर्व उसु खेलाडी राजिव महर्जनले जनाएका छन् ।
मार्सल आर्ट नेपालका संरक्षक एवं काभ्रे जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रदीप बोगटी, मार्सल आर्ट नेपालका अध्यक्ष महर्जन, १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुकी स्वर्ण विजेता निमा घर्ती मगरलगायतका उसु खेलाडीले बृद्धाहरुलाई मातातीर्थमै पुगेर सामाग्री हस्तान्तरण गरेका थिए ।
सहयोग सामाग्री मार्सल आर्ट नेपालका पदाधिकारी र शुभचिन्तकबाट रकम संकलन गरी खरिद गरिएको बताइएको छ ।सामाग्री हस्तान्तरणपछि उसु खेलाडी टोलीले बृद्धाहरुलाई भोजन गरएका थिए । साथै १५ हजार मुल्य बराबरको औषधि पनि समितिलाई प्रदान गरे । खेलाडीले आफ्नो डाइट खर्च र पकेट मनीबाट पैसा जोगाउनुका साथै देउसी भैलो खेलेर उठेको रकमबाट बृद्धालाई भोजन र औषधिको प्रबन्ध मिलाएका हुन् ।

Comment