चिल्ड्रेन मोडल टिम च्याम्पियन

gojukaie
चिल्ड्रेन मोडल स्कुल चाँदवाग अन्तरविद्यालय गोजुकाई कराते च्याम्पियनसिपको टिम च्याम्प्यिन भएको छ । चाँदवाग स्कुलद्वारा आयोजितप्रतियोगितामा चिल्ड्रेनलमोडलले ८ स्वर्ण ५ रजत र २ कास्यका साथ टिम च्याम्पियनको ट्रफी उचाल्यो । दोश्रो भएको नेशनल एकेडेमीले ५ स्वर्ण १ रजत र ४ कास्यतथा तेश्रो भएको नवज्ञानभूमीले १ स्वर्ण २ रजत र २ कास्य पायो ।
प्रतियोगितामा महिलातर्फ आयोजक चाँदवागकी विपश्यना दुलाल र पुरुषमा अनमोल ज्योतीका सुशान्त खड्का उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा पुरुष ४० केजीमा चिल्ड्रेन मोडलका सागर प्रजापतीले स्वर्ण हात पार्दा अनमोलका ईश्वर बस्नेत रजतमा खुम्चिए । ४५ केजीमा अनमोलका पवन खत्रीले नवज्ञानभूमीका अंकित घलेलाई पराजितगर्दै स्वर्ण हात पारे । ५० केजीमा चिल्डे«नका प्रविन दनुवारले मित्रपार्कका राजन राईलाई पछि पार्दै स्वर्ण पाए । खुलातर्फ चिल्ड्रेनका कुशल श्रेष्ठले स्वर्ण पाए । दोश्रो स्थानमा सुनिल तामाङ रहे । कातातर्फ नवज्ञानभूमीका टिका राम गुरुङ्गले सरस्वती एकेडेमीका भरत सिंह बिष्टलाई पराजित गर्दै स्वर्ण कब्जा गरे ।
आयोजकको बाँसबारीस्थित आफ्नै प्राङ्गणमा भएको प्रतियोगिताको महिलातर्फ ५० केजीतौल समूहमा चिल्ड्रेनकी बालकुमारी थामीले स्वर्ण, अनमोल ज्योतीकी पुष्पा श्रेष्ठले रजत र नवज्ञानभूमीकी श्रेया खड्का र चाँदवागकी योईना गुरुङ्गले कास्य पाए । खुलातर्फ मित्रपार्ककी याङ्ग डोल्मा लामाले स्वर्ण पाईन् । चिल्ड्रेनकी दीपिका कार्कीले रजत र नेशनलकी प्रतिक्षा मगर र अनमोलकी विनिता बस्नेतले कास्य पाए । काता तर्फ चिल्ड्रेनकी बालकुमारी थामीले स्वर्ण, मित्रपार्ककी याङ्ग डोल्मा लामाले रजत र अनमोलकी पुष्पा श्रेष्ठ र गोल्डेन पिककी युनशा राईले कास्य पाए ।
विजयी खेलाडीहरुलाई चाँदवागका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दामोदर लामिछाने लगायतले ट्रफी मेडल र प्रमाण पत्रप्रदान गरेका थिए ।

Comment