कराते छनोट प्रतियोगिता हुने

मित्र राष्ट्र भारतको नयाँ दिल्लीमा २०७३ अशोज ६ देखि १० गते सम्म आयोजना हुने तेश्रो दक्षिण एशियाली कराते च्याम्पियनसिपमा सहभागिताको लागि कराते खेलाडीको छनोट हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त बहादुर गुरुङ्गको संयोजकत्वमा मिति २०७३÷०५÷१७ गते हुने छनोट प्रतियोगितामा सिनियर १८ बर्ष माथीको कुमिते महिलामा ४५, ५०, ५५, ६१, ६८ मुनी र ६८ केजी माथी गरि ६ तौल समूह तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनी र ८४ केजी माथी ७ तौल समूह एवं महिला÷पुरुष व्यक्तिगत र टिम कातामा प्रतिस्पर्धा गराईने छ ।
त्यस्तै जुनियरको १६÷१७ बर्षको महिला तर्फ ४०, ४८, ५३, ५९ केजी मुनी र ५९ केजी माथी गरि ५ तौल समूह र पुरुष तर्फ ५०, ५५, ६१, ६८, ७६ केजी मुनी र ७६ केजी माथी गरि ६ तौल समूहमा एवं महिला÷पुरुष व्यक्तिगत कातामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा क्याडेट १४÷१५ बर्षको महिला तर्फ ४०, ४७, ५४ केजी मुनि र ५४ केजी माथी ४ तौल समूह, पुरुष तर्फ ४५, ५२, ५७, ६३, ७० केजी मुनी र ७० केजी माथी गरि ६ तौल समूह तथा महिला÷पुरुष ब्यक्तिगत काता र महिला÷पुरुषको जुनियर १४ देखि १७ बर्षको टिम कातामा प्रतिस्पर्धा गराईने आयोजकले जनाएका छन् ।

Comment