साग पदक विजेता उसु खेलाडीद्धारा धुर्मुस एकिकृत नमुनावस्तिमा श्रम

wushu1e
१२औँ दक्षिण एसिायली खेलकुद(साग) नेपालका लागि पदक विजेता खेलाडी तथा प्रशिक्षक धुर्मुस सुन्तील फाउण्डेसनद्धारा सञ्चालन पुर्ननिर्माण अभियानमा सहभागी भएका छन् । राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने मुल नाराका साथ शुरु भएको पुर्ननिर्माण अभियानमा नेपाल आर्मीका उसु प्रशिक्षक तथा नेपाल उसु सघंका उपाध्याक्ष राजिव महर्जनको नेतृत्वमा २० उसु खेलाडी श्रम दान गरेका छन् ।
त्यस्तै उक्त अभियानमा १२औँ सागकी स्वर्ण पदक निमा घर्तिमगर,रजत विजेता विशाल सिन्जाली,विश्व बुढा मगर,युवराज थापा मगर,राजेश चौधरी र राष्ट्रिय खेलाडी चित्र ठकुरी,बद्धी थापा र लुमन्ती श्रेष्ठ तथा राष्ट्रिय प्रशिक्षक धन गोविन्द महर्जन र शकंर भुजाल सहभागी भएका थिए । सिन्धुपाल्चोकको गीरान चौरमा भूकम्प पिडितहरुका लागि निर्मित एकिकृत नमुना वस्तिका लागि नेपाली उसु खेलाडीले श्रम गरेका छन् ।
उसुका प्रशिक्षक तथा खेलाडीले राष्ट्र निर्माणका लागि जस्तो सुकै काम पनि गर्ने र अनाथ असाहय बालबालिकालाई आत्मरक्षाका लागि निशुल्क मार्शल आर्ट तालिम दिने बताए । टोली नेता नेपाल उसु सघंका उपाध्याक्ष राजिव महर्जनले आगामी दिनमा देश निर्माणका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Comment