साइपाल र गोर्खाज विजयी
साइपाल एकेडेमी र गोर्खाजले कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । चावहिलमा भएको खेलमा साइपालले रोयल्टीलाई ५–० गोलअन्तरले पराजित ग¥यो । विजेताका उजन तामाङ र उनम बुढाथोकीले २–२ तथा अजय तामाङले १ गोल गरे । गोर्खाजले सुजुकी यारिसलाई ४–० ले हरायो । विजयी टिमका लागि योगश श्रेष्ठले २ तथा हरि कठायत र सुरज विकले १–१ गोल योदान गरे ।
कामाद कलेजको मुख्य प्रायोजनामा काठमाडौं वडा नं. ७, चावहिलद्वारा आयोजित प्रतियोगितामा एक्सेल फुटसल, बानेश्वर ब्वाइज र जेभियर इन्टरनेसनल कलेजले जित हात पारे ।
एक्सेलले फुलबारीलाई ६–० ले पाखा लगायो । एक्सेलका पासाङ शेर्पाले ह्याट्रिक गरे भने थप गोल आशिष लामा, विकास महर्जन र जगत लामाले गरे । बानेश्वर ब्वाइजले गुरु गणेशलाई २–१ ले पन्छायो । विजेताका मनीषराज भट्ट र करुण ज्ञवालीले १–१ गोल गरे । गुरु गणेशका सुवास गुरुङले सान्त्वना गोल फर्काए । कालीकुट कलेज विरुद्धको खेलमा जेभियर ६–० ले विजयी भयो । जेभियरका सुबोध श्रेष्ठले ३, रमेश श्रेष्ठले २ तथा नितेश गुरुङले १ गोल गरे ।अन्य खेलमा दोर्जे गियरले लाहुरे टिमलाई ४–० तथा सामाखुशी फुटसलले बौद्ध टिमलाई ५–० ले पाखा लगाए ।