खेलाडी परिवारलाई आर्थिक सहयोग

boxing newse
दिवंगत बक्सिङ खेलाडी स्व. इन्द्रबहादुर मगरको परिवारलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।खेलाडी संघका महासचिव दीपक श्रेष्ठले प्रथम दक्षिण एसियाली महासंघीय खेलकुदअन्तर्गत बक्सिङतर्फ रजत जितेका राम अवालेलाई ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । स्व. मगरको परिवारलाई हस्तान्तरण गर्ने गरी राष्ट्रिय खेलाडी कल्याकारी कोषबाट अवालेलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
यसअघि पनि मगर उपचारका क्रममा रहेका बेला कोषबाट ५० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । क्यान्सर पीडित मगरको साउन १३ गते निधन भएको थियो ।

Comment