मिसल र सुशील स्वर्णनजिक

????????????????????????????????????
प्रथम अन्तरक्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगितामा आइतबार पुरुष ४९ केजी तौल समूहमा आर्मीका मिसलदिप सुनुवारले आप्mनै संगठनका धनराज महतो तथा नक्सालका सुशील थापाले आफ्नै क्लबका मदनवृmष्ण डंगोललाई अङ्कको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
५२ केजी तौल समूहको सेमिफाइनलमा आर्मीका सुदिप श्रेष्ठले एपीएफका लक्ष्मण तामाङ तथा आर्मीका करण चौधरीले काठमाडौँका सुरज न्यौपानेलाई हराए । ५६ केजीमा आर्मीकै मुनाल पुन मगर आप्mनै संगठनका ईश्वर पन्तबाट वाकओभर पाएर फाइनलमा पुगे । मुनालले नक्सालका गणेश थापाविरुद्ध उपाधि भिडन्त गर्नेछन् । गणेशले नक्सालकै सुदीप लामालाई पाखा लगाएका थिए ।
नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको ६० केजीको सेमिफाइनलमा नक्सालका किशोर शर्माले थानकोटका सुरज महर्जन र नक्सालका युवराज कार्कीले आर्मीका कर्ण ओलीलाई हराएर स्वर्ण पदक भिडन्त पक्का गरे ।
६४ केजीको सेमिफाइनलमा आर्मीका मोहन ठकुरीले आर्मीकै श्यामकाजी थमालाई र ललितपुरका अनोज भण्डारीले बक्सिङ ट्रेनिङ फिटनेसका रत्नबहादुर बुढालाई निराश पारे । ६९ केजी तौल समूहमा वानुज फिटनेसका अनिश श्रेष्ठले आर्मीका दिपेन्द्र धिमाल र काठमाडौँका सुरज महर्जनले नक्सालका पाल्डेन डिटुछाङको चुनौती पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
७५ केजीको उपाधि भिडन्तमा पुग्न आर्मीका हर्क विकेले नक्सालका कमल खत्री र आर्मीका केशव बमले वानुजका पराग कार्कीलाई पराजित गरे । ८१ केजीको फाइनल आर्मीका धुव्र रानाभाट र ललितपुरका म्याक्स बस्नेतबीच हुने भएको छ । ध्रुवले वानुजका अभिषेक दुलाल र म्याक्सले केन्द्रिय बक्सिङका सुर्विन्द्रविक्रम सिजापतीको चुनौती समाप्त पारे ।
९१ केजी र ९१ केजी माथिको दुई तौल समूहमा मात्र दुई÷दुई जना प्रतिस्पर्धीले भाग लिएको हुँदा सोमबार एकैपटक फाइनल हुने भएको छ । ९१ केजीमा आर्मीका धनबहादुर राणाले विनय केसी र ९१ केजी माथिमा केन्द्रिय बक्सिङका मेघ डेनियल लामाले आर्मीका रोशन गोडारविरुद्ध खेल्ने छन् ।

Comment