रहेनन् मुक्केवाज इन्द«

indraeक्यान्सररोगवाट पिडित पूर्व अन्तराष्ट्रिय मुक्केवाज इन्द« बहादुर मगरको बिहिबार राती निधन भएको छ । मगरको पार्थीव शरिरि शुक्रबार बिहान राष्ट्रिय खेलकुद परिषद्मा राखेर श्रद्धाञ्जली अपर्ण गरियो । नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले मगरको शरिरमा राष्ट्रिय झण्डा ओढाए । यसैगरी, नेपाल बक्सीङसंघका अध्यक्ष राम अवाले र महासचिव सबिन भट्टाचार्यले उनको शरिरमा बक्सीङ संघको झण्डा ओढाएका थिए । खेल पदाधीकारी, खेलाडी तथा शुभेच्छुकको ठूलो संख्यामा उपश्थिती रहेको कार्यक्रममा नेपाल बक्सीङ संघका निर्वतमान अध्यक्ष राजीव श्रेष्ठको साथै पूर्व अध्यक्ष रवि राज थापा र विष्णु गोपाल श्रेष्ठको पनि उपश्थिती थियो ।
५० को दशकमा नेपाली बक्सीङको ५१ किलो तौल समुहमा प्रभाव जमाएका इन्द« आठौ दक्षिण एसियाली खेलकुदका काश्य पदकधारी हुन् । फीलीपीन्सको मनीलामा भएको मेयर कपका काश्य पदक विजेता इन्द« दक्षिण कोरियामा भएको ओलम्पिक छनोटमा सहभागि थिए ।

Comment