करण सेमिफाइनलमा

boxinge
नेपाल आर्मी क्लबका करण चौधरी प्रथम अन्तरक्लब उपत्यकाव्यापी खुला पुरुषबक्सिङ प्रतियोगिताको पहिलो दिन बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५२ केजी तौलसमूहमा करणले नक्सालका पवन श्रेष्ठलाई टेक्निकल नकआउटका आधारमा पराजित गरे ।नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको ४९ केजीमा आर्मीका दिनेश महतो, नक्सालका सुशील थापा र नक्सालकै मदनकृष्ण डंगोलले सेमिफाइनलमा स्थान बनाए ।
दिनेशले एपीएफका सञ्जय राईलाई टेक्निकल नकआउट, सुशीलले बोसीगाउँका प्रदीप महर्जनलाई अंक तथा मदनले ललितपुरका तेज पुन मगरलाई टेक्निकल नकआउटका आधारमा हराए ।
प्रतियोगताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर र पूर्व बक्सिङ मुख्य प्रशिक्षक ओम मास्केलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।
प्रतियोगितामा विभिन्न ११ क्लबका ५१ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

Comment