क्यान्सर पिडित ईन्द्रलाई नेपाल बक्सिङ्ग संघको सहयोग

?

नेपाल बक्सिङ्ग संघको नया कार्यसमितिका पदाधिकारीहरुले बक्सिङ्ग खेलाडी इन्द्र बहादुर राना मगरलाई एक लाख बाह्र हजार पाँच सय रुपैया सहयोग गरेको छ । विगत एक वर्ष देखि क्यान्सर पिडित भई नेपाल क्यान्सर हस्पिटलमा उपचाररत खेलाडी इन्द्रलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेले उक्त रकम हस्तान्तरण गरे । उक्त रकम हस्तान्तरणमा नेपाल बक्सिङ्ग का मुख्य प्रशिक्षक प्रकाश थापामगर, पुर्व बक्सिङ्ग खेलाडीहरु ओम नारायण श्रेष्ठ, रत्न अवाले, श्याम अवाले, पुष्करराज पन्त, राजन प्रजापति, मनोहर बस्नेत लगायतको उपस्थिति थियो ।
इन्द्रको उपचारमा उपचाररत डाक्टरहरुको टीममा संलगन एक जना डा. कपिन्द्र अमात्यका अनुसार ईन्द्रको अवस्था अहिले त्यति राम्रो छैन । उहाँको आन्द्राको धेरै भागमा क्यान्सर फैलिईसकेको छ । लामो समय देखि उहाको मलद्वारमा दिशा जमेको अवस्था रहेको थियो ।

Comment