वादोरियोको गुरुपूजा

karate badorioe
नेपाल वादोरियो कराते डो संघ, काठमाडौं÷ललितपुर÷भक्तपुर वादोरियो कराते जिल्ला संघ र केन्द्रीय ब्ल्याकवेल्ट कमिटीले गुरु पूजाको अवसरमा मंगलबार कार्यक्रम आयोजना ग¥यो ।
सो अवसरमा नेपाल कराते महासंघका महासचिव समेत रहेका वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीलाई कमिटीका अध्यक्ष सूर्य राई, सचिव पुरुषोत्तम पोखरेल, काठमाडौं वादोरियोका अध्यक्ष नेत्रप्रसाद भुजेल, प्रशिक्षकहरु रमेश ढुंगेल, चित्रप्रसाद श्रेष्ठ र सन्तोष माझी तथा खेलाडीहरुले प्रमुख प्रशिक्षक केसीलाई खादा, टीका लगाइ दिएर सम्मान गर्नुका साथै मिष्ठान्न परिकार खुवाएका थिए ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायण पौडेलको उपस्थितिमा नेपाल सितोरियो कराते डो संघ, नक्साल शाखा डोजोले पनि गुरुपूजा मनाएको छ । डोजोका प्रमुख प्रशिक्षक ईश्वर थापालाई खेलाडीले खादा र टीका लगाइ सम्मान गरेका थिए ।

Comment