क्यान्सर पिडित बक्सर इन्द्रलाई सहयोग

indraeबक्सिङ खेलाडि इन्द्रवहादुर रानामगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि संघका अध्यक्ष दिपक बिष्टले ५० हजार सहयोग गरेका छन् । खेलाडि कल्याणकारी कोषबाट क्यान्सर पिडित इन्द्रलाई आईतवार हरिसिद्धि स्थित नेपाल क्यान्सर हस्पिटलमा सहयोग स्वरुप ५० हजारको चेक अध्यक्ष बिष्टले हस्तान्तरण गरे । उनले भने – आप्mनो जीवनको अमुल्य समय राष्ट्रका लागि समर्पित गरेका खेलाडीहरुको उपचारका लागि राष्ट्रले जिम्मेवारी लिनु पर्छ । त्यसका लागि हामी पहल गर्ने छौ । विरामी मृत्युशैयामा रहँदा सबै पक्षबाट सहयोग जुटाउन आवश्यक छ, थप सहयोगका लागि कल्याणकारी कोष तथा राष्ट्रिय खेलकुद परिषदबाट हामी पहल गर्ने छौ । क्यान्सर पिडित इन्द्रकी श्रीमती दिल कुमारी थापाले विगत एक वर्ष देखि रोगको उपचारमा करिव १० लाख खर्च भई सकेको जानकारी गराइन । यस अवधिमा विरामीलाई १४ वटा किमो दिई सकेको र तुरुन्तै अपरेशनको तयारी भईरहेको छ । अप्रेशनका लागि करीब सात लाख खर्च लाग्ने उनले बताईन् । सहयोग हस्तान्तरणमा उपस्थित रहेका नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपाल बक्सिङ संघले इन्द्रको उपचारमा लाग्ने खर्च जुटाउन नेतृत्वदायी भुमिका निभाउने छ । यसका लागि नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद मार्फत नेपाल सरकारसंग सहयोगका लागि आव्हान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सोही सहयोग हस्तान्तरणमा उपस्थित पुर्व राष्ट्रिय बक्सिङ खेलाडि एवं पतंजलि योगपीठ हरिद्वारका पुर्णकालीन योग प्रशिक्षक पुष्करराज पन्तले योग तथा आयुर्वेदका माध्यमबाट आप्mनो तर्फबाट गर्न सक्ने सहयोग खेलाडी इन्द्रलाई गर्ने जानकारी गरे । योगले शारीरिक मात्र नभई मानसिक बल बढाउछ । बक्सरसंग रोग संग लडने क्षमता हुने र त्यसमा योगले थप आत्मबल बढाउन सहयोग पुग्ने कुरा जानकारी गराउदै उनले भने हामी सबै मिलेर तपाईलाई बचाउनेछौ । उक्त सहयोग हस्तान्तरणमा आठौ सागका कराँतेका स्वर्ण पदक विजेता रवि महर्जन, बक्सिङका च्याम्पियन समेत रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका सदस्य दिनेश श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Comment