बक्सिङ सघंको एक वर्षिय कार्ययोजना सार्बजनिक

boxing 1e
नेपाल बक्सिङ्ग संघको नयाँ कार्यसमितिले बक्सिङ्गको बार्षिक क्यालेन्डर बार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरि एक बर्षका लागि दश वटा कार्ययोजना सार्वजनीक ग¥यो । बक्सिङ्गलाई विद्यालयस्तरमा लैजाने योजना बनाएको कार्य समितिले विभिन्न राष्ट्रिय प्रतियोगितालाई कार्य तालिकामा समावेश गरेको छ ।
कार्यतालिका अनुसार श्रावणको अन्तिम साता काठमाण्डौमा राष्ट्रिय एवं नेभिस बक्सिङ्ग प्रतियोगिता गरीनेछ । फाल्गुनमा राष्ट्रिय प्रतियोगिता र च्याम्पियनसिप तथा जुनियर बक्सिङ्ग प्रतियोगिता हुने कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार १४ देखि १९ मङ्सिर सम्म खेलाडीको स्तर निर्धारण गर्ने ¥याङकिङ प्रतियोगिता झापामा हुनेछ । गत जेष्ठ २२ गते चौथो साधारण सभाले राम अवाले नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो । अवाले नेतृत्व नयाँ कार्यसमितिले यस वर्ष बक्सिङ खेललाई विकेन्द्रित गर्ने खालको कार्यतालिका ल्याएको छ । अध्यक्ष अवाले आफै पनि प्रथम दक्षिण एशियाली खेलमा बक्सिङको तर्फबाट रजत बिजेता खेलाडि हुन् ।
त्यस्तै कार्यतालिका अनुसार यही असार २८ र २९ गते रेफ्री जर्ज रिफ्रेसमेन्ट कोर्स हेटाँैंडामा हुनेछ । सो कार्षमा देशभरिका ४० रेफ्री तथा जजले तालिम लिनेछन् । असोज र कात्तिकमा यू–१६ र यू–१७ वर्ष उमेरका खेलाडी सम्मिलित युथ च्याम्पियनसिप पोखरामा हुनेछ । त्यस्तै पुस÷माघमा जिल्ला क्षेत्र तथा राष्ट्रियस्तरबाट प्रशिक्षकलाई तालिम दिन ‘कोच रिफ्रेसमेन्ट टे«निङ’ फागुनमा हुनेछ । चैतमा सिनियर बक्सिङ खेलाडीका लागि रेफ्री जर्ज कोर्स दिइनेछ जसबाट सङ्घले नयाँ रेफ्री उत्पादन हुने आशा राखेको छ ।
आगामी २०७४ वैशाख र जेठमा बक्सिङ खेल विद्यालयस्तरबाटै विकास गर्ने योजना अनुरुप सो क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने कार्यसमितीले जनायो । सघंका अध्यक्ष राम अवालले आगामी वर्षमा देशमा एउटा अन्र्तराष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता गर्न आफूहरुले पहल गरिरहेको जानकारी दिए । त्यसका बिच साताँैं राष्ट्रिय खेलकुद प्रतियोगितामा बक्सिङ खेल पनि हुने भएकाले यो वर्ष बक्सिङ खेल विकासले लामो फड्को मार्ने सघंले जनाएको छ ।

Comment