रुस जाने बक्सिङ टोलीको बिदाई

boxing3
छैटौ चिल्ड्रेन अन्तर्राष्ट्रिय  खेलकुद अन्र्तगत जुनियर बक्सिङ वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउन तीन सदस्यीय नेपाली टोली सोमबार रुस प्रस्थान गर्दैछ । च्याम्पियनसिपको विभिन्न विधा अन्र्तगत बक्सिङ पनि समावेश भएकाले नेपाली टोलीले प्रतियोगितामा सहभागिता जनाएको हो ।
नेपाली टोलीमा महिलातर्फ ४८ केजी तौल समूहमा कुसुम लामा तथा पुरुष ६४ केजी तौल समूहमा विशाल श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दैछ । यस्तै प्रशिक्षकको रुपमा निमा तामाङ रहेका छन् । कुसुम लामाको यो दोस्रोे अन्तर्राष्ट्रिय सहभागिता हो । यसअघि उनले ताइवानमा भएको जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् । विशालका लागि भने पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । प्रतियोगितामा सहभागिता जनाउने खेलाडी तथा प्रशिक्षकलाई नेपाल बक्सिङ संघले एक कार्यक्रमका बीच आइतबार बिदाई ग¥यो । बिदाई कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले शुभकामना ब्यक्त गदै भने–बल र छलमा निपुर्ण खेलाडिले मात्र उत्कृष्ट प्रदर्शन गर्न सक्छ,हामीले त्यस्तै अपेक्षा राखेका छौं । सो अवसरमा बक्सिङका अग्रज गुरु सुरेश सिंह आले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसी महासचिव सविन भट्टचार्य तथा बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

Comment