मध्यपश्चिममै पहिलो पटक रुकुममा अन्तराष्ट्रिय कराते र किक वक्सिङ प्रतियोगीता हुदैं

 

मध्यपश्चिममै पहिलो पटक रुकुममा “अन्तर्राष्ट्रिय कराते तथा किक वक्सिङ च्याम्पिएनसिप २०७३” हुनेभएको छ । आगामी असार १८–२१ गते सम्म रुकुम सदरमुकाम खलंगाको बराहटाकुरा टुडिखेलको सेमि कवर्डहलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगीता हुन लागेको हो । नेपाल क्योकुशिन बुदोकाई कराते संघ रुकुमको आयोजनामा हुन लागेको प्रतियोगीतामा नेपालका २० बढी जिल्ला र भारतका गरी करिब डेड सय खेलाडीहरुले सहभागीता जनाउने संघका अध्यक्ष मानवहादुर चदाराले जानकारी दिनुभयो । उहाँका अनुशार भारतबाट १० जना खेलाडीहरुले सहभागीता जनाउँने छन् । प्रतियोगीतामा सहभागीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् ।जिल्लामा बेला बेलामा भलिबल, फुटबल लगाएतका खेलकुद प्रतियोगीताहरु संचानल हुने गरेपनि ठुलो प्रयासपछि मध्यपश्चिममै पहिलो पटक रुकुममा कराते तथा किक वक्सिङ प्रतियोगीता आयोजना गरिएको चदाराले बताए । अहिले प्रतियोगीताको तयारी स्वरुप रिङ व्यवस्थापन, प्रचार प्रसार, आर्थीक सहयोग संकलन लगाएतका काम भैरहेकोसदरमुकाम मुसिकोट खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ । रुकुमलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँन प्रतियोगीताले महत्वपुर्ण योगदान पु¥याउने आयोजकले विश्वास लिएको छ ।यस खेलका बारेमा जिल्लामा सबैलाई जानकारी नभएको अवस्थामा यसबारेमा जानकारी गराउन र जिल्लाको पर्यटन विकासमा पनि प्रतियोगीता महत्वपुर्ण सावित हुने अध्यक्ष चदाराको भनाई छ । पछिल्लो समय जिल्लामा कराते र किक वक्सिङका खेलाडीहरु राम्रै उत्पादन भैरहेका छन् । जिल्लाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगीताहरुमा सहभागीता जनाईसकेका छन् । गत वर्षको पुषमा भारतमा भएको कराते प्रतियोगीतामा रुकुमबाट सहभागी २ खेलाडीले गोल्ड मेडल र १ जनाले रजत पदक हात पारेका थिए । त्यस्तै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगीतामा पनि जिल्लाबाट २ खेलाडीले सहभागीता जनाउन लागेको नेपाल क्योकुशिन बुदोकाई कराते संघ रुकुमका अध्यक्ष चदाराले जानकारी दिए ।

Comment