प्याब्सन स्पोर्टस् मिटमा सिनियर तथा जुनियर फुटबलतर्फ २२ खेल सम्पन्न

Manoj Shiama
7 December, 2014 8:21 pm

पोखरा
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा आइतबार सिनियरतर्फ १० तथा जुनियरतर्फ १२ खेल सम्पन्न भएका छन्।
सिनियर लेभलको खेलमा हिलपोइण्ट हाइस्कुलले मेरीगोल्ड बोर्डिङ स्कुललाई टाइब्रेकरमा ३–२, अल्फा बोर्डिङ स्कुलले सूर्योदय बोर्डिङ स्कुललाई ४–२, धौलागिरि बोर्डिङ स्कुलले हिमालयन बोर्डिङ स्कुललाई ५–१, नेपाल आदर्श आउमाविले हिलसाइड बोर्डिङ स्कुललाई १०–० तथा डाइनामिक बोर्डिङ स्कुलले न्यू मोडल उमाविलाई ३–० ले पराजित गरेको छ।
यस्तै लोटस एकेडेमीले भाष्कर मेमोरियल बोर्डिङ स्कुललाई ४–२, विन्ध्यश्वरी बोर्डिङ स्कुलले एक्सआर्मी पब्लिक स्कुललाई ४–०, न्यू मिलेनियम एकेडेमीले जेसिएलाई १–०, कञ्चनजंघा बोर्डिङ स्कुलले शिशुनिकेतन बोर्डिङ स्कुललाई २–१ तथा अमरज्योति बोर्डिङ स्कुलले हाइमाउण्ट बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए।
जुनियर लेभलको खेलमा हिमाञ्चल बोर्डिङ स्कुलले गोल्डेन Çयुचर बोर्डिङ स्कुललाई १–०, डायमण्ड उमाविले बालविद्या बोर्डिङ स्कुललाई टाइब्रेकरम ५–३, बालोदय उमाविले गोल्डेन नेचर बोर्डिङ स्कुललाई ३–१, रेन्बो एकेडेमीले मनकामना बोर्डिङ स्कुललाई ३–०, कुमुदिनी होम्सले सोसल पब्लिक स्कुललाई टाइब्रेकरमा ५–४ तथा बेसलाइन एकेडेमीले सनÇलावर बोर्डिङ स्कुललाई ५–० ले पाखा लगायो।
यसैगरी चिरगादी बोर्डिङ स्कुलले स्टेप बाई स्टेप उमाविलाई २–०, टप्स उमाविले सगरमाथा उमाविलाई ३–०, शिशुनिकेतन बोर्डिङ स्कुलले हिमालयन बोर्डिङ स्कुललाई २–०, धौलागिरि बोर्डिङ स्कुलले सूर्योदय बोर्डिङ स्कुललाई ४–०, शान्तिनिकुञ्ज बोर्डिङ स्कुलले सरस्वती उमाविलाई ३–० तथा मेरीगोल्ड बोर्डिङ स्कुलले नेपाल आदर्श आउमाविलाई टाइब्रेकरमा ३–१ ले हराएको  फुटबल खेल संयोजक जगत थापाले जानकारी दिए। शनिबारको खेलमा  गुरुकुल विद्यासदनले सवलाइन बोर्डिङ स्कुललाई २–० ले पराजित गरेको थियो।सोमबार पनि  जुनियरतर्फ १२ तथा सिनियरतर्फ १० खेल हुनेछन्।
जुनियर लेभलको खेल हेमजाको विष्णुपादुका र गौरीशंकर खेलमैदानमा तथा सिनियर लेभलको खेल क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दी र सहारा एकेडेमीको खेलमैदान दोबिल्लामा सञ्चालन हुनेछ। जुनियर फुटबल प्रतियोगितामा ६९ तथा सिनियर फुटबलमा ६८ विद्यालयको सहभागिता रहेको छ।
कुल २६ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि एक हप्तासम्म प्रतिस्पर्धा हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ मा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको छ। जुनियर लेभलदेखि खेलाडी उत्पादन गर्ने सर्तमा यसपटकदेखि जिल्ला खेलकुद विकास समिति कास्कीले सम्पूर्ण खेलको लागि खेलसामग्री निःशुल्करूपमा उपलब्ध गराएकोे छ। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर २५ गते पोखरा रड्डशालामा हुनेछ।