प्रकाश र सुजितालाई स्वर्ण

paramounte
नेपालका प्रकाश गुरुङ र सुजिता तामाङले दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधानमा पारामाउन्ट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर एकल काताको ब्वाइजमा प्रकाश र गल्र्समा सुजिताले स्वर्ण जितेका हुन् । प्रकाशले नेपालकै निर्मल पुन तथा सुजिताले भारतकी हर्लिन प्रित कौरलाई पछि पारे ।
एकल काताको यु–१०ब्वाइजमा नेपालका सचिन गुरुङ र गल्र्समा भारतकी विसार प्रित कौर, यु–१२ ब्वाइजमा नेपालका सन्तोष केसी, यु–१४ ब्वाइजमा भारतका जसकरण प्रित र गल्र्समा नेपालकी हृदय राई तथा यु–१६ ब्वाइजमा नेपालका सोनु थापाले स्वर्ण जिते ।गोंगबुस्थित आयोजक पारामाउन्टको हातामा भएको प्रतियोगिताको ब्वाइज टिम कातामा नेपालका इन्टेन्सिभ स्कुल पहिलो र आयोजक पारामाउन्ट दोश्रो भए ।
प्रतियोगिताको पूर्व मन्त्री एवं सांसद अर्जुननरसिंह केसीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Comment