पारामाउन्ट कराते आइतबारदेखि

जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधान तथा पारामाउन्ट एकेडेमीको आयोजनामा दोश्रो पारामाउन्ट एकेडेमी इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा भारतको मुम्बई, पञ्जाब र दिल्ली तथा नेपालको बुटवल, धादिङ, लम्जुङ, दोलखा, काठमाडौं र भक्तपुरका विभिन्न १६ विद्यालयक टिम सहभागी हुने प्रतियोगिता संयोजक एवं पारामाउन्टका कराते प्रशिक्षक सुमन तिमल्सिनाले जनाएका छन् ।
पुरुष÷महिलामा समान २४–२४ गरी जम्मा ४८ स्वर्णका लागि २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संयोजक तिमल्सिनाले जानकारी गराए ।दुईदिने प्रतियोगिताका खेलहरु बानियाँटारस्थित आयोजक पारामाउन्टको हातामा हुनेछ । पहिलो संस्करणमा १३ स्वर्ण जित्दै आयोजक पारामाउन्ट एकेडेमी टिम च्याम्पियन बनेको थियो ।

Comment